Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा कामना सेवाको मन : खाद्यान्न सामग्री र लत्ता कपडा सहयोग (फोटोफिचर)

अर्थ संसार

आइतबार, २३ चैत्र २०७६, १९ : १३ मा प्रकाशित

लकडाउनमा कामना सेवाको मन : खाद्यान्न सामग्री र लत्ता कपडा सहयोग (फोटोफिचर)

अर्थ संसार, काठमाडौं -नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको र त्यसबाट सृजित परिस्थितिको कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई कामना सेवा विकास बैंक लिमिटेडले राहत स्वरुप चामल, दाल, चिउरा, तेल लयागतका विभिन्न खाद्य सामग्रीहरु प्रदान गरेको छ ।

बैंकका सञ्चालक  भिम प्रसाद तुलाचन तथा बुटवल क्लष्टर प्रमुख  खिमलाल भुसालले संयुक्त रुपमा उक्त राहत सामग्री सेवा आश्रमका संयोजक सरु अधिकारी र सह संयोजक टीकामाया थापालाई हस्तान्तरण गर्नु भएको थिया ।

संयोजक अधिकारीले विपतको बेलामा बैंकले गरेको सहयोग प्रति धन्यवाद दिनु हुंदै अन्य संघ संस्थाहरुले समेत सहयोगका हात अगाडि बढाउने आशा गरेको बताउनु भयो ।

यसै गरी लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएकोले उनिहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप–महानगरपालिका वडा नं. ७ का अध्यक्ष  कमल थापा मार्फत खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसै गरी सुर्खेत जिल्ला वीरन्द्रनगर नगरपालिका वडा नं. ७ लाई रु ६४ हजार बराबरका चामल, दाल, नुन, तेल लगायतका खाद्य साम्रगी हस्तान्तरण गरेको छ । बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि पीडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ ।

यसै गरी बैंकले आजै कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं. १ गुगौली स्थित आगो लागिबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ । यही चैत २१ गते भिषण आगो लागिबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकु सहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख  खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गर्नु भएको थियो । 

साथै, बैंकले भण्डारखाल तथा पशुपति क्षेत्र आसपासमा रहेका बाँदर तथा कुकुरहरुलाई स्याउ, केरा, चोकोपाई, बिस्कुट लगायतका फलफुल तथा खाद्य वस्तुहरु खुवाउने प्रवित्र कार्य गरेको छ । जयबागेश्वरी युवा क्लबको संयोजन र सहकार्यमा बैंकका नायव महाप्रन्धक हरी प्रसाद लम्साल लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा फलफुल तथा खाद्य सामाग्रीहरु वितरण गरिएको थियो । बैंकले लगातार ५ दिनसम्म यस ठाउँमा रहेका बाँदर तथा कुकुरहरुलाई खाना खुवाउने निर्णय गरेकोछ ।

लकडाउनको यस विषम परिस्थितिमा मानिसहरुमा आश्रित यि जनावरहरु खानाको अभावमा छट्पटाइ रहेका थिए । यस पवित्र कार्यको लागि बैंकका सम्पूर्ण कर्मचारीहरुले १ दिन बराबरको तलब योगदान गरेका थिए ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२३ वटा शाखा कार्यालयहरु तथा ६५ वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking V5लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

5e89de6807a68.JPG 5e89dee7074c8.jpg 5e89defecb0ec.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको