Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्डको एफपिओमा बग्यो पैसाको खोलो, २८ अर्ब बढीको आवेदन

आइतबार, ०६ चैत्र २०७३, १० : ५१ मा प्रकाशित

स्ट्याण्डर्डको एफपिओमा बग्यो पैसाको खोलो, २८ अर्ब बढीको आवेदन

अर्थ संसार
काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओरमा रु २८ अर्ब ५५ करोड बराबरको आवेदन परेको छ । कुल १ लाख ८१ हजार २ सय ३३ आवेदनबाट रु २८ अर्ब ५५ करोड ९६ लाख रुपैयाँको सेयर माग भएको छ ।


सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेकाअनुसार बैंकले सोचेभन्दा बढी आवेदन परेको छ । उनले विवरणमा केही थप हुन सक्ने बताए ।  आश्वा प्रणालीमा सहभागी भउका केही बैंकबाट थप विवरण आउन बाँकी रहेकाले केही रकम अझै थप हुन सक्ने देखिएको छ ।

आज साँझसम्मसबै बिबरण संकलन हुने उनको भनाई छ ।आश्वा प्रणालीबाट ६१ हजार ५ सय ६ आवेदन मार्फत रु  १६ अर्ब ९५ करोड ५१ लाखको सेयर माग भएको छ । त्यसैगरी, पुरानो प्रणालीको फारमबाट १ लाख १९ हजार ७ सय २७ वटा आवेदन मार्फत रु ११ अर्ब ५५ करोड ४५ लाखे सेयर आवेदन भएको छ ।

कसरी छापिन्छ नेपाली नोट ? हेरौं यहाँ (तस्बिरसहित) 

चौथो दिन एकदिन १ लाख ८ हजार बढी आवेदकले रु १८ अर्ब बढी माग आवेदन दिएका हुन् ।तेस्रो दिन अर्थात चैत ३ गते एकैदिन ५० हजार आवेदकले रु ६ अर्ब बराबरको माग आवेदन दिएका छन् । एफपिओ निष्काशन भएको तेस्रो दिनसम्ममा ७२ हजार आवेदकले रु १० अर्ब ६ करोड बराबरको आवेदन परेको थियो ।

पहिलो दिन १० हजार आवेदकले रु १ अर्ब ५ करोड बराबरको माग गर्दै आवेदन दिएका थिए । दोस्रो दिन १२ हजार आवेदकले रु १ अर्ब ७६ करोडे माग आवेदन दिएका थिए । जसअनुसार बैंकले एफपिओमार्फत् सर्वसाधारणसँग रु ३ अर्ब ३३ करोड उठाउने छ ।

बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा रु ११९० प्रिमियम थप गरी प्रतिकित्ता रु १२९० का दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निष्काशन गरेका थियो । चैत १ गतेदेखि निष्काशन गरेको एफपिओमा चैत ४ गतेसम्म बिक्री  गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको