Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफ इन्स्योरेन्सद्वारा PPE वितरण

निशा हुमाँगाई

शुक्रबार, २८ चैत्र २०७६, १५ : ३१ मा प्रकाशित

प्रभु लाइफ इन्स्योरेन्सद्वारा PPE वितरण

अर्थ संसार, काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्यूठानका अस्पतालहरूमा Personal Protection Equipment  (PPE) वितरण गरेकाे छ ।

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्यूठान जिल्लास्थित अस्पतालहरूमा वितरण गर्नका लागि ५० थान Personal Protection Equipment  (PPE) उपलब्ध गराएको हाे ।

कम्पनीले मिति आज (चैत्र २८ गते, शुक्रबार) उक्त स्वास्थ्य सम्बन्धी सामाग्रीहरू प्यूठान जिल्ला, प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति मार्फत् उपलब्ध गराएको थियो ।

त्यस्तै, उक्त अवसरमा प्यूठान नगरपालिकाका प्रमुखले प्रभु लाइफ इन्स्योरेन्स प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको