Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठ पुनः नियुक्त

निशा हुमाँगाई

शुक्रबार, २८ चैत्र २०७६, १४ : ४६ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठ पुनः नियुक्त

अर्थ संसार, काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठ पुनः नियुक्त भएका छन् । 

बैंककाे चैत्र २७ गते बसेको संचालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम किरणकुमार श्रेष्ठलाई भाेलि (२०७६।१२।२९) देखि लागु हुने गरी अर्को एक कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियक्ति गरेकाे हाे ।

यसअघि श्रेष्ठ मिति २०७२।१२।२९ गते खुला प्रतिस्पर्धाबाट चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियक्त भएका थिए । श्रेष्ठले २०४३ सालमा नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धक पदबाट बैंकिङ्ग करिअर सुरू गरि नेपाल बैंकको महाप्रबन्धक पदबाट अवकाश लिएका थिए । श्रेष्ठले विश्व बैंकको सहयोगमा संचालित वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन तहमा रहेर विभिन्न जिम्मेवारीमा समेत कार्य गरिसकेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् ।

त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त भएका श्रेष्ठलाई बैंक व्यवस्थापन तथा कर्मचारीहरूबाट शुक्रबार बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको