Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना काेषमा नेशनल लाईफ इन्स्योरेन्सको ५१ लाख सहयाेग

निशा हुमाँगाई

शुक्रबार, २८ चैत्र २०७६, १५ : ०४ मा प्रकाशित

काेराेना काेषमा नेशनल लाईफ इन्स्योरेन्सको ५१ लाख सहयाेग

अर्थ संसार, काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रूपैयाँ सहयाेग प्रदान गरेको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले उक्त रकम बराबरको चेक आज अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई प्रदान गरेका हुन् ।

यसैगरी, उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति रहेकाे थियो ।

त्यस्तै, कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसबाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरूको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ । यस विषम परिस्थितिमा लकडाउनको पूर्ण पालना गरी सुरक्षित रहन कम्पनीले सबैलाई हार्दिक अनुरोध गरेकाे छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको