Like us!
Follow us!
Connect us!
Watch us!

जीवन आफूले सोचे जस्तो सरल रेखामा कहिल्यै हिँड्दैन, सधैं बक्र रेखामा हिँड्ने गर्छ

राधा पोखरेल

शनिबार, २९ चैत्र २०७६, १२ : ४७ मा प्रकाशित

जीवन आफूले सोचे जस्तो सरल रेखामा कहिल्यै हिँड्दैन, सधैं बक्र रेखामा हिँड्ने गर्छ

राधा पोखरेल

सधै जसो राष्ट्रिय राजनीतिको सरगर्मी बढ्ने देश छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस फैलिएर संसार अातंकित छ । निरपेक्ष गरिबीको रेखामुनि बाँच्न विवश मान्छेहरूलाई रात र दिन छुट्याउन गाह्रो भइरहेको छ । अन्नको मुख देख्न नपाएको धेरै दिन भइसक्यो । अझ कति दिन देख्न नपाइने हो, ठेगान छैन ।

थाहा छ मलाई, यसबेला तपाईँहरु असह्य पीडामा हुनुहुन्छ । भावबिह्वल हुनुहुन्छ । बिछिप्त हुनुहुन्छ । कतै मेरा यी शब्दहरूले तपाईँलाई चोट त थप्ने होइन ? डर लागिरहेको छ । मेरो उद्देश्य तपाईँलाई चोट थप्नु नभएर थोरै भए पनि चोटमा मलमपट्टी गर्नु हो ।

हामी राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ, तर सहनुको विकल्प पनि हुँदैन ।

जंगली युगमा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आजजस्तो सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै ।

अस्तित्वको संघर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । संघर्ष जारी छ र जारी रहने छ । अझ करोडौं वर्ष पृथ्वीमा मानव अस्तित्व जारी रहने भविश्यवाणी गर्छन् वैज्ञानिकहरू । प्रकृति विरूद्धको संघर्षमा मान्छेले उल्लेख्य सफलता प्राप्त गर्दै आएका छन् र भविष्यमा पनि हुँदै जाने निश्चित छ ।

मान्छेका लागि पृथ्वी साँघुरो बन्दै गइरहेको छ । त्यसैले त अन्य विभिन्न ग्रहहरूमा मानव बस्ती बसाउने विकल्प खोज्दैछन् मान्छेहरू । कुनै दिन अवश्य सफलता प्राप्त हुनेछ मान्छेलाई ।
विश्वबन्धुत्वको भाव र मानवतावाद क्षीण हुँदै गइरहेको छ । सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न थालेका छन् । व्यक्तिको स्वतन्त्रता पक्कै सर्वोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जंगली युगमा नै फर्कनेछ ।

व्यक्ति-व्यक्तिमा विश्वासको संकट, घर-घरमा विग्रह, समाजमा मूल्य, मान्यताको विघटन आजको नेपाली समाजको विशेषता बन्न पुगेको छ । देशको शैक्षिक तथ्यांक हेर्दा वर्षैपिच्छे साक्षर, शिक्षित र उच्च शिक्षा हाँसिल गर्नेहरूको संख्या बढेकै छ । सभ्यताको मापन शिक्षाबाट गरिन्छ भनिन्छ । तर समाजमा विकृति विसंगतिको ग्राफ दिनानुदिन बढिरहेको छ ।

पक्कै पनि ब्यक्ति बन्धनमा बाँधिनु हुँदैन । व्यक्तिको सर्बोच्चतालाई सबैले सम्मान गर्नु पर्छ । तर ब्यक्तिले आफ्नो स्वतन्त्रता प्रयोग गरिरहँदा समाजको मर्यादा र सीमालाई बिर्सनु हुँदैन । ब्यक्तिसँग घर-परिवार,समाज, देश, संस्कृति, इज्जत र सम्मान सबै कुरा जोडिएको हुन्छ । सायद त्यसैले दार्शनिक रूसोले भनेका होलान्- ‘मानिस स्वतन्त्र जन्मन्छ तर ऊ सर्वत्र सिक्रीले बाँधिएको हुन्छ ।’

आज हामिले देखिरहेका छौं । अरु देशका नागरिक स्वतन्त्र प्रेमि हुनाले त्यहाँको ह्रदय बिदारक कहाँनी । तसर्थ, सामाजिक मर्यादा र सीमाभित्र रही व्यक्तिगत स्वतन्त्रता उपभोग गर्ने कि ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको