Like us!
Follow us!
Connect us!
Watch us!

तोयनाथ अर्ज्यालद्वारा लिखित आत्मवृत्तान्त "जिन्दगीका पानाहरू" लोकार्पण

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १५ : ११ मा प्रकाशित

तोयनाथ अर्ज्यालद्वारा लिखित आत्मवृत्तान्त "जिन्दगीका पानाहरू" लोकार्पण

ज्यो. पं. तोयनाथ अर्ज्यालद्वारा लिखित आत्मवृत्तान्त जिन्दगीका पानाहरू लोकार्पण गरिएकाे छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोह आयोजना गरी लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । 

तोयनाथ अर्ज्यालको ९० औं जन्मोत्सवको उपलक्ष्यमा उक्त कृतिकाे लाेकार्पण गरिएकाे हाे । कृतिकाे लाेकार्पण प्रमुख अतिथि एवमं विशेष अतिथिद्वारा संयुक्त रूपमा गरिएकाे थियाे । आत्मवृत्तान्त जिन्दगीका पानाहरूमा जीवनका अनेकौँ भोगाई र अनुभवहरूलाई रचनात्मक र रोमाञ्चक ढङ्गले समेटिएको छ । 

साे कार्यक्रमकाे प्रमुख अतिथिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई रहेका थिए । त्यस्तै, विशेष अतिथिहरूमा अमर न्यौपाने, प्रा. डा. रामचन्द्र लम्साल, डा. बलदेव शर्मा अधिकारी, डा. नवराज लम्साल, बामदेव शर्मा अधिकारी रहेका थिए ।

समाराेहमा राममणि दुवाडीले कृतिकाे टिप्पणी गरेका थिए । पुस्तकका सर्जक अर्ज्यालका पुत्र दामाेदर अर्यालले स्वागत मन्तव्य दिएका थिए । उनै सर्जकका पुत्र टीकानाथ अर्यालद्वारा सञ्चालित कार्यक्रमकाे अन्त्यमा अर्का पुत्र लेखनाथ अर्यालले धन्यवाद ज्ञापन गरी समाराेहकाे समापन गरिएकाे थियाे ।

उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरू, समाजसेवी, विदेशी पाउनाहरू, आफन्तजन एवमं सञ्चारकर्मीहरूकाे समेत बाक्लाे उपस्थिती रहेकाे थियाे ।

6412e7b5d0b1b.jpg

6412e7b5dc44b.jpg

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको