अर्थ संसार, काठमाडौं - सिभिल बैंक र बैंकका सञ्चालक तथा कर्मचारीबाट कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ८७ लाख रूपैयाँ सहयोग गरेको छ ।
कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र प्रभावितका लागि सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन बैंक आफैँले रु ७० लाख र बैंकका कर्मचारी तथा सञ्चालकबाट १७ लाख गरी रु ८७ लाख सहयोग गरेको बैंकले जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैँया र बाँकी बैंकको सञ्चालक समितिको बैठकको भत्ता र कर्मचारीले आफ्नो तलबबाट कटौती गरेर रकम प्रदान गरेको बैंकले बताएकाे छ ।
त्यस्तै, सहयोग प्रदान गरिएको रकम मध्यबाट रु ४३ लाख ५० हजार नेपाल सरकारद्वारा खडा गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा पठाइएको र सातै प्रदेश सरकारलाई प्रति प्रदेश रु पाँच लाखका दरले रु ३५ लाख प्रदान गरिएको बैंकले जनाएको छ ।
यस्तै, आठ लाख ५० हजार रुपैँया भने बैंकको प्रदेश प्रमुखमार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिएको बैंकले बताएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस