अर्थ संसार, काठमाडौं - विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण जारी रहेकाे काठमाडौँ महानगरपालिकाले बताएकाे छ ।
हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र ती मध्ये सबैको नतिजा नेगेटिभ आएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौँ महानगरपालिकाले सबै वडामा कोभिड–१९ को परीक्षण जारी राखेको छ ।
अघिल्लो हप्ता विदेशबाट आएकाको तथ्याङ्क लिइसकको काठमाडौँ महानगरपालिकाले गत बुधबारदेखि कोरोनाको परीक्षण पनि शुरु गरेको हो । सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना पोजेटिभ देखिएपछि काठमाडौँ महानगरपालिकाले परीक्षण शुरु गरेको हो । – रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस