हिजो राजतन्त्रमा मात्रै राजा विष्णुका अवतार थिए । संविधान र कानुनभन्दामाथि थिए । के हाम्रो मन्त्रालय र नेता पनि त्यस्तै हुन् ? हामी जनतालाई जवाफ चाहियो । यदि हामी लोकतान्त्रिक मुलुकका सार्वभौम नागरिक हौं भने नागरिकलाई आलोचनाको स्वतन्त्रता हुनैपर्छ । तर, हरेक नागरिकले मर्यादाको ख्याल भने राख्नैपर्छ ।
लोकतन्त्र भनेको पक्कै पनि विधिको शासन हो । अराजकता लोकतन्त्रमा स्वीकार्य हुँदैन । तर, सम्माननीय प्रधानन्यायधीशज्यू ! यसको अर्थ यो पनि होइन कि, लोकतन्त्रमा आलोचनाको स्वतन्त्रता नै हुँदैन । नेता भगवान हुन्, उनीहरूले कहिल्यै गल्ती नै गर्दैनन् । तसर्थ, भगवानको आलोचना गर्नु अपराध हो । यस्तो पक्कै होइन ।
के डा. शेरबहादुर पुन अराजक हुन् ? उनका अभिव्यक्ति अमर्यादित छन् ? आमसञ्चारका माध्यमबाट कोभिडविरुद्ध जनचेना फैलाएको विषयमा सोधपुछ गर्न मन्त्रालयले किन बोलाइयो ? त्यो पनि संसार कोरोना भाइरस फैलिएर संसार अातंकित भएर देश महामरीविरुद्ध लहिरहेको बेला ?
डाक्टरको काम औषधिको प्रेस्क्रिप्सन लेख्ने मात्र हो र ? रोग नै नलागोस् भनेर जनतालाई सचेत गराउनु डा. दायित्वका साथैँ मानविय धर्म भित्र पर्दैन ? डा. विवादित हुनुहुँदैन । त्यसमाथि झन यस अबस्थामा विवादित हुनै हुँदैन ।
उनले आजसम्म जुन शैली अपनाइरहेका छन्, त्यो पूर्णरुपमा संविधानसम्मत छ । डा. शेरबहादुर पुन पक्कै पनि अराजक होइनन् । संक्रामक रोगसम्बन्धी चेतना मास मिडियाबाट उनले उठाएको कदम सम्मानयोग्य मात्र नभएर सलाम गर्न योग्य छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस