अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले दिएकाे जानकारी अनुसार गत फागुन मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चार अर्ब ६९ करोड शेयर सूचीकृत रहेको छ ।सो सूचीकृत शेयरको चुक्ता मूल्य रु.४५९ अर्ब ४९ करोड रहेको छ ।
यसैगरी चालु आर्थिक वर्षकाे आठ महिनामा २५ अर्ब ५५ करोड रूपैयाँ बराबरको शेयर लाभांश, २१ अर्ब ४६ करोड रूपैयाँ बराबरको ऋणपत्र, १२ अर्ब १६ करोड रूपैयाँ बराबरको साधारण शेयर, पाँच अर्ब ७५ करोड रूपैयाँ बराबरको सामूहिक लगानी कोष, चार अर्ब ११ करोड रूपैयाँ बराबरको हकप्रद शेयर र ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको अन्य गरी कुल ८० अर्ब ८६ करोड रूपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
त्यस्तै, उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले २१ अर्ब ४५ करोड रूपैयाँ बराबरको ऋणपत्र रु चार अर्ब ४१ करोड रूपैयाँ बराबरको हकप्रद शेयर, दुई अर्ब ७५ करोड रूपैयाँको साधारण शेयर र एक अर्ब रूपैयाँको सामूहिक लगानी कोष गरी २९ अर्ब ६२ करोड रूपैयाँ बराबरको धितोपत्र निष्काशन गर्ने अनुमति दिएको छ । – रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस