Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकका ग्राहकलाई नेपमेडस् र काठमाडौं अर्गानिक्समा विशेष छुट

निशा हुमाँगाई

विहीबार, ११ बैशाख २०७७, १५ : २४ मा प्रकाशित

सनराइज बैंकका ग्राहकलाई नेपमेडस् र काठमाडौं अर्गानिक्समा विशेष छुट

अर्थ संसार, काठमाडौं – सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।

 ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले हाल लकडाउनको अवस्थामा पनि नेपमेडस् प्राइभेट लिमिटेड (NEPMEDS PVT LTD) र काठमाडौं अर्गानिक्स (Kathmandu Organics) बाट सनराइज  बैंकको डेबिट/के्रडिट कार्ड तथा क्यु.आर कोड (QR code) प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रूपैयाँ सम्मको विशेष छुट पाउने व्यवस्था मिलाएको छ ।

नेपमेडस् प्राइभेट लिमिटेड (NEPMEDS PVT LTD) ले उपत्यकाका ग्राहकहरूलाई घरमै औैषधी पुर्याउँदै आएको छ भने काठमाडौं अर्गानिक्स (Kathmandu Organics) ले विभिन्न अर्गानिक खाद्यान्न अनलाइन मार्फत उपलब्ध गराउँदै आएको छ । उक्त छुट लकडाउन अवधिभर रहने बैंकले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभर भइरहेको लकडाउनले खाद्यान्न तथा औषधी जस्ता अति आवश्यक सामान खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरू गरिएको बैंकले जनाएको छ ।

साथै घरमा नै सुरक्षित बसी Digital Banking सुविधाको उपभोग गर्न बैंकले आग्रह गरेको छ । बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर र रेमिटयान्स सेवाहरू सुचारू राख्दै  आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको