अर्थ संसार, काठमाडौं - लकडाउनमा पनि उपत्यकाका सडक निर्माण ठप्प भएकाे छ । निर्माण सामग्री ल्याउन नसकिएपछि काठमाडौँ उपत्यकामा निर्माणाधीन धेरै सडक अलपत्र बनेका हुन् ।
काठमाडौँ उपत्यकामा व्यस्त सडकमा ‘लकडाउन’ को समयमा काम शुरु भए पनि केही दिनभन्दा अघि बढ्न सकेन । निर्माण सामग्री लिन ललितपुरको लेले र काभ्रेको रोशीखोला पुगेको गाडी सामान नलिई फर्किएको हो ।
निर्माण सामग्री ल्याउन नदिइनुको कारणबारे पत्र लेखेर सोधिएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताएका छन् ।
उनका अनुसार ती पालिकाले वडा कार्यालय र ती वडाका केही व्यक्तिका कारण निर्माण सामग्री लैजान समस्या आएको जानकारी दिएका थिए । उनले भने, “सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पनि हामीले कुराकानी गरिरहेका छौँ ।”
कतिपय क्रसरमा स्टक नै ढुङ्गा गिट्टी रहेको र उत्पादनका लागि पनि धेरै जनशक्ति नलाग्ने प्रमुख नेपालीले बताएका छन् । त्यस्तै सामान ढुवानीका लागि पनि थोरै जनशक्ति भए पुग्ने उनले बताए । उनले भने, “चारपाँचजना व्यक्तिले ती स्थानबाट निर्माण सामग्री ल्याउन सक्छन् ।”
गत सातादेखि शुरु भएको सडक निर्माण केही दिनमा नै अवरुद्ध भएको हो । त्रिपुरेश्वर, पुतलीसडक, गौशालालगायत स्थानका सडकमा आवधिक मर्मत र ह्युमपाइप राख्ने काम शुरु भएको थियो । ह्युमपाइप राख्नका लागि खन्ने काम भने भइरहेको छ । काठमाडौँका विभिन्न स्थानमा गरी झण्डै १२ किलोमिटर सडकमा आवधिक मर्मत (ओभर ले) गर्न लागिएको थियो । – रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस