Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सद्धारा कोरोना बीमा जारी

निशा हुमाँगाई

शुक्रबार, १२ बैशाख २०७७, १७ : ५६ मा प्रकाशित

अजोड इन्स्योरेन्सद्धारा कोरोना बीमा जारी

अर्थ संसार, काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्राइभेट लिमिटेडका कर्मचारीहरूको कोरोना बीमा जारी गरेकाे छ ।

इन्स्योरेन्सले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका कर्मचारीहरूको कोरोना भाईरस बीमालेख जारी गरेको हाे ।

भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले बिहीबार आफ्ना १ हजार २ सय ५७ जना कर्मचारीहरूका लागि एक लाख बीमाङ्कको बीमालेख खरिद गरेको हो । 

उक्त बीमालेखले कोरोना भाईरसको संक्रमण भएको भनि PCR Test Positive पुष्टि हुनासाथ बीमाङ्क रकम बराबरको रूपैयाँ बीमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ ।

उक्त बीमालेख बापत भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति ६ सय रूपैयाँका दरले ७ लाख ५४ हजार २ सय रूपैयाँ बीमाशुल्क भुक्तानी गरेको छ ।

साथै, अजोड इन्स्योरेन्सले महुली लघुवित्त वित्तिय संस्थाका २१२ जना कर्मचारीहरूको पनि प्रतिव्यक्ति एक लाख बीमाङ्कको कोराना बीमालेख जारी गरेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको