अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आज काेराेना भाइरसकाे नयाँ संक्रमित नभेटिएकाे जानकारी दिएकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा नयाँ संक्रमित नभेटिएकाे जानकारी दिएका हुन् ।
त्यसैगरी, हालसम्म ४७ हजार ४ सय ९६ जनाको नमूना परीक्षण भएको उनले बताए । जसमध्ये, ९ हजार ४ सय ७ जनाको पिसिआर विधिबाट र ३८ हजार ८९ जनाको आरडिटि विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताएका छन् ।
उनका अनुसार हालसम्म प्रदेश नम्बर १ मा ३ हजार ९ सय २९, प्रदेश नम्बर २ मा ४ हजार ९ सय ७७, प्रदेश नम्बर ३ मा ७ हजार १ सय ४३, गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३, प्रदेश नम्बर ५ मा २ हजार ८ सय ७०, कर्णाली प्रदेशमा ४ हजार ८ सय ७० र सुदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ जनाको नमूना परीक्षण गरिएकाे छ ।
डा.देवकाेटाका अनुसार सबैभन्दा धेरै संक्रमित भेटिएको उदयपुरको चौदण्डी र त्रियुगाा नगरपालिकाको विभिन्न स्थानबाट कोरोेना परीक्षणका लागि स्वाब संकलन गरिएकाे छ । यस्तै, उनले हालसम्म १२ हजार ९ सय ८५ जनालाई क्वारेन्टाइनमा राखिएको र काठमाडौं उपत्यकामा ३ जना र बाहिर ८६ गरी कुल ८९ जना आइसोलेसनमा रहेका छन् ।
त्यसैगरी, बिहीबार भोजपुरमा भेटिएका कोरोना संक्रमित फागुन ३० मा साउदीमा हिमालयन एयरलाइन्सबाट नेपाल आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएकाे छ । मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका संक्रमितमध्ये १० जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी ३८ जना संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
त्यस्तै, बजारमा औषधिको बिक्री वितरणबारे अनुगमन भइरहेको र औषधिको मूल्य बढ्नुपर्ने कारण नरहेकाे उनले बताए । औषधिको मूल्य बढाएको पाइएमा कडा कारवाही हुने समेत उनले जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस