Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफद्वारा एजेन्सी म्यानेजरहरूको कोरोना बीमा

निशा हुमाँगाई

मंगलबार, १६ बैशाख २०७७, १७ : ४४ मा प्रकाशित

सिटिजन लाइफद्वारा एजेन्सी म्यानेजरहरूको कोरोना बीमा

अर्थ संसार, काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरस (कोभिड–१९) महामारीको विरूद्ध आफ्ना एजेन्सी म्यानेजरहरूलाई पनि १ लाख रूपैयाँको बीमालेख प्रदान गरेको छ ।

जीवन बीमा व्यवसायको विकास र विस्तारका लागि बीमा अभिकर्ताहरू कम्पनीको मेरूदण्ड हुन् । कम्पनीसँग आवद्ध बीमा अभिकर्ता (सिटिजन लिडर) हरूको कार्य दक्षता अभिवृद्धि गरी उत्पादकत्व बढाउन तथा यस पेशालाई अझ मर्यादित एवम् व्यवसायिक बनाउन सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको यस सिटिजन लाइफले अहिलेको यस विषम परिस्थितिमा आफ्ना लिडरहरूको व्यवसायिक मनोवल उच्च गराउन कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरूलाई १ लाख रूपैयाँको कोरोना भाइरस, कोभिड–१९  बीमा सुविधा उपलब्ध गराएको छ ।

उक्त सुविधा कम्पनीले निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सामुहिक बीमा बीमालेख खरिद गरी उपलब्ध गराएको हो ।

बीमा समितिको निर्देशन बमोजिम कोरोना भाइरस रोगको रक्षावरण गर्नका लागि कोरोना भाइरस (कोभिड–१९) नयाँ बीमालेख प्रचलनमा आउने बित्तिकै यस अघि सिटिजन लाइफले आफ्ना कर्मचारीहरूलाई पनि सोही सुविधा उपलब्ध गराएको थियो ।

कोरोना लागेको पिसिआर परीक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमाङ्क रकम भुक्तानी लिन पाइनेछ । यस बीमालेखले बीमितहरूलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आवद्ध लिडरहरूको सेवा सुविधा र क्षमता वृद्धि विकासमा अग्रणी भूमिकामा रहँदै आएको सिटिजन लाइफले आफ्नो यस प्रयासले आफ्ना लिडरहरूको क्यारियर एजेन्सीको रूपमा काम गर्न थप आधार तयार हुने विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको