Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सरकारलाई सहयाेग आउने क्रम जारी : युरोपेली सङ्घद्वारा १० अर्ब सहयोग

निशा हुमाँगाई

मंगलबार, १६ बैशाख २०७७, १६ : २७ मा प्रकाशित

नेपाल सरकारलाई सहयाेग आउने क्रम जारी : युरोपेली सङ्घद्वारा १० अर्ब सहयोग

अर्थ संसार, काठमाडौं - युरोपेली सङ्घले नेपाल सरकारलाई नौ अर्ब ८० करोड रूपैयाँ उपलब्ध गराउने भएको छ ।

कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो । यहाँस्थित युरोपेली सङ्घ प्रतिनिधिमण्डलका अनुसार कोभिड–१९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको ‘टिम युरोप प्याकेज’ स्थापना गरिएको छ ।

सङ्घले यही वैशाख २२ गते कोभिड–१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘अनलाइन’ प्रतिबद्धता सम्मेलन गर्ने जनाएको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको