अर्थ संसार
काठमाडौं– सेयरमा लगानी गर्ने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने यही चैत १० देखि बजारमा हिमालयन बैंकले एक लाख ४५ हजार ५६० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ ।
हिमालयनले कत्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा नबिकेको सर्वसाधारण समूहको सेयर अहिले लिलामीमा बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानी त्यसभन्दा बढी भाउ तोकेर दरखास्त फारम बुझाउनु पर्नेछ । यो लिलामी सेयरमा चैत १० देखि १६ गतेसम्म दरखास्त बुझाउन पाइनेछ ।
लक्ष्मी क्यापिटल कार्मेट
हिमालयनको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । हिमालयन बैंकको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा चार अर्ब २७ लाख ५९ हजार रुपैयाँ छ । हिमालयनको प्रतिसेयर आम्दनी ३५ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १६ पैसा छ ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस