विश्व स्वास्थ्य संगठन ( WHO ) ले भारत र नेपालमा कोरोना संक्रमणको उच्च प्रकोप जुन र जुलाईमा हुने जनाएको छ | विश्वभर भइरहेका अनुसन्धान अनुसार कोरोना भाइरस संक्रमण २०२२ सम्म रहने जनाएका छन् | कोभिड १९ बिरुद्धको खोप तथा औषधि आविष्कार भएर बजारमा आउन ६ महिनादेखि डेढ बर्ष लाग्ने अनुसन्धानविदले बताएका छन् | यो अबधिमा सामाजिक दुरी कायम राख्ने, हात धोइरहने, मास्क / पंजा / चस्मा आदिको प्रयोग गर्ने लगायत रोकथामका उपाय गर्नुको बिकल्प छैन |
कोरोना संक्रमणले बिद्यार्थीलाई ठूलो असर गरेको छ | यो महामारीको विच पठनपाठन सुरक्षित बनाउन सरकार तथा बिद्यालयले निम्न लिखित उपाय अबलम्बन गर्नु जरुरी छ |
- सम्बन्धित कक्षाको पाठ्यक्रम अनुसार अनलाइन कक्षामा एकरुपता ल्याउने | त्यसको लागि सरकार र विद्यालयले बिद्यार्थीलाई हाइस्पीडको इन्टरनेट निशुल्क उपलब्ध गराउने |
- रेडियो तथा टेलिभिजनमार्फत निश्चित समयमा पाठ्यक्रम अनुसार पढाउने |
- रोकिएका परीक्षामध्ये ११ कक्षासम्मको रिजल्ट अघिल्लो परीक्षाको अनुसार प्रकाशित गर्ने |
- स्कुलबसमा सामाजिक दुरी कायम नहुने भएको हुँदा आफ्नो एरियाको स्कुलमा भर्ना गर्ने |
- भौतिक दुरी कायम गर्न स्कुलमा प्रि फ्याबका टहरा बनाउने |
- घटीमा १ मिटरको दुरी हुने गरि प्रत्येक बिध्यार्थिलाई सिंगल टेबल जोडिएको कुर्सिको ब्यबस्था गर्ने |
- बिद्यालयको गेटमा बिद्यार्थी तथा शिक्षकको दैनिक रुपमा तापक्रम लिने तथा रुघाखोकी लागे नलागेको परिक्षण गरेर मात्र बिद्यालयभित्र जाने अनुमति दिने |
- मास्क, चस्मा तथा पंजालाई अनिबार्य गर्ने |
- बिद्यालयको धेरै ठाउंमा साबुनपानी, ह्याण्ड स्यानिटाइजर तथा मास्क राख्ने |
- सौचालयको संख्या बढाउने | सौचालयलाई पटक पटक निर्मैलिकरण गर्ने |
- सामुहिक गतिबिधि जस्तै प्रार्थना, खेलकुद वा अन्य गतिबिधि नगर्ने |
- स्कुल बस तथा भ्यानलाई साबुनपानी, क्लोरिन पानी र लाइसोलले दैनिक धोएर निस्संक्रमित बनाउने |
- भौतिक दुरी कायम गर्नको लागि हरेक कक्षाका बिद्यार्थीलाई १ दिन बिराएर स्कुल जाने ब्यबस्था गर्ने | यसोगर्दा बिद्यालय आउने दिन प्रयोगात्मक शिक्षा लगायत पढाउने तथा अर्को दिनको लागि होमवर्क दिने एबम अनलाइन कक्षा गर्ने |
- भर्ना शुल्क, मासिक शुल्क लगायतमा एकरुपता ल्याउने | यो संकटको बेला सेवामुखी र आत्मनिर्भर बन्ने | मुनाफाको योजना कोरोना संक्रमण नियन्त्रण भएपछि मात्र बनाउने |
- होस्टेल सकभर नचलाउने |
.
सबैले बुझ्नु जरुरी छ कि स्कुलमा १ जना संक्रमित भएमा पुरै विधार्थीलाई रोग सर्ने, उनीहरुको अभिभावकलाई सर्ने हुँदै समाजमा संक्रमण फैलिन सक्छ | त्यसैले जीवनलाई पहिलो प्राथमिकतामा राखौं | आफ्नो नाफाघाटाको लागि जोखिम मोलेर स्कुल तथा स्कुल बस संचालन नगरौं |
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस