Like us!
Follow us!
Connect us!
Watch us!

सरकार ! लकडाउन खुकुलो बनाउने आधार खै ?

सोमबार, २९ बैशाख २०७७, २१ : ०९ मा प्रकाशित

सरकार  ! लकडाउन खुकुलो बनाउने आधार खै ?

लकडाउन अनिश्चित समयसम्म गर्न सकिंदैन। तर लकडाउन गर्न, खुकिलो गर्न तथा अन्त्य गर्न ठोस आधार हुनुपर्दछ, सहि योजना हुनुपर्दछ | राज्यले कोरोना संक्रमणको ब्यापक परीक्षण गरेर देखिएको परिणाम अनुसार लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्दछ ।


अहिलेको परिस्थिति हेरौं

- भारतबाट लुकिछिपी नेपाल आउने क्रम बढिरहेको छ
यसरी आएका अधिकांश संक्रमित छन् उदाहरणको लागि आज कपिलवस्तुमा पोजिटिभ देखिएका संक्रमित मुम्बईबाट लुकिछिपी आएका थिए | यो अवस्था सिमाबर्ती धेरै ठाउँमा हुनसक्छ

- जोखिमयुक्त क्षेत्रबाट काठमाडौं उपत्याकामा आउने क्रम चलिरहेको छ नाका अघिं गाडी छोडेर अनि त्यहाँबाट हिंडेर काठमाडौं आउने, भनसुन चल्ने, रातिमा ट्रक तथा टिपरमा आउने क्रम रोकिएको छैन

- यो साढे ४ महिनामा देशभर जम्मा १७ हजार PCR टेस्ट भएको छ काठमाडौं उपत्याकामा अत्यन्त न्यून परीक्षण भएको छ देशव्यापी ब्यापक परीक्षण गरेर रेड जोन, एल्लो जोन तथा ग्रीन जोन छुट्याउने काम गरिएको छैन

- सामुहिक बसाइका स्थान पत्ता लगाउने काम भएको छैन

- मास्क, चस्मा, पंजा, ह्याण्ड स्यानिटाइजर, सामाजिक दुरीको नियम आदि अनिबार्य गरिएको छैन
.
संक्रमणको अवस्था थाहै नपाइ लकडाउन खुकुलो बनाइएको छ
लकडाउन खुकुलो गर्ने योजना पनि हचुवाको भरमा गरिएको छ पहिलो चरणमा कति प्रतिशत खुलाउने ? कुन कुन सेवा खुलाउने ? जस्ता योजना छैनन्यस्तो अबैज्ञानिक र खतरनाक निर्णय गर्नुपूर्व बिज्ञहरुको सल्लाह लिने काम भएको छैन | यसो गर्दा उपत्यकामा जुनसुकै बेलामा संक्रमण फैलिने जोखिम बढेको छ

यस्तो महामारीको समयमा उत्कृष्ट नेतृत्व क्षमता भएको व्यक्तिले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने, भ्रष्ट्राचार हुन नदिने, बिज्ञहरु सम्मिलित टास्क फोर्स बनाउने र त्यो टास्क फोर्सको योजना अनुसार काम गर्ने हो भने हामी कोरोना संक्रमणसंग लड्न सक्षम हुनेछौं

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको