Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकको ओरालो यात्रा शुरु

अर्थ संसार

मंगलबार, ३० बैशाख २०७७, १० : ३७ मा प्रकाशित

नेपाल बंगलादेश बैंकको ओरालो यात्रा शुरु

अर्थ संसार, काठमाडौं-विगतदेखि नै समस्या गुज्रिदै आएको नेपाल बंगलादेश बैंकले  आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्मको नाफामा गिरावट देखिएको छ । लगानीकर्ताको सल्लाह र सुझावलाई कुल्चिदै आएको यस बैंकको गत वर्षको भन्दा नाफा १४ करोड १३ लाख ५० हजार बढीले घटेको हो ।

बैंकको नाफा घट्नुको मुख्य कारण कर्मचारी तथा सञ्चालन खर्च बढी हो । बैंकको साधारणसभा लगानीकर्ताले कर्मचारी खर्च र सञ्चालन खर्चमा विरोध समेत गरेका थिए ।

नेपाल बंगलादेश बैंकका सिइओ ज्ञानेन्द प्रसाद ढुंगानाको तलब/भत्ता १ करोड ४१ लाख, कार्यालय खर्च ५० करोड, कर्मचारीको कति ? 

बैंकले चैतसम्ममा बैंकले एक अर्ब ५० लाख रुपैयाँ नाफा गरेको छ । गत बर्ष सोही अवधिमा  एक अर्ब १४ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको चैतसम्ममा बैंकको स्प्रेड रेट ४.८८ प्रतिशत छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको स्प्रेड रेट ४.७१ प्रतिशत थियो । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको वितरण योग्य नाफा भने २ करोड ८० लाख रुपैयाँ रहेको छ ।

नेपाल बंगलादेशका शेयरधनीको विरोधपछि प्रस्तावित बैठक भत्ता परिमार्जन,अध्यक्ष र संचालकलाई अब बैठक कति ? (भिडियोसहित) 

यस अवधिमा बैंकको कर्मचारी खर्च करिब ९.५२ प्रतिशतले बढेपछि नाफा कम भएको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकले २ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी बैंकले सो अवधिमा ७५ करोड ८२ लाख रुपैयाँ फि तथा कमिसन आम्दानी गरेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको निक्षेप ६३ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने कर्जा ५९ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

बंगलादेश बैंकको साधारणसभा शेयरधनीहरुको विरोध

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैंया १६ पैसा छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १८ रुपैंया ८२ पैसा थियो । चालु आवको यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात भने १२.१९ गूणा बढी छ ।
 बैंकको खराब बर्जा १.८६ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षकोे सोही अवधिमा २.७६ प्रतिशत पुगेको छ ।

बंगलादेश बैंकको साधारणसभा शेयरधनीहरुको विरोध

चैतसम्ममा बैंकको आधार ब्याजदर पनि ९.८९ प्रतिशतमा झरेको छ । गत आर्थिक चैतसम्ममा बैंकको आधार ब्याजदर १०.६९ प्रतिशत रहेको थियो ।

बंगलादेश बैंकको साधारणसभा शेयरधनीहरुको विरोध

बंगलादेश बैंकको साधारणसभा शेयरधनीहरुको विरोध

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको