Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकद्वारा कर्मचारीको कोरोना बीमा

निशा हुमाँगाई

सोमबार, ०५ जेठ २०७७, १७ : ०५ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्वारा कर्मचारीको कोरोना बीमा

अर्थ संसार, काठमाडौं –  महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारीको स्वास्थ्यलाई प्रथमिकतामा राख्दै कोरोना भाइरस बीमा गरेकाे छ । 

विश्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (COVID-19) का कारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि महालक्ष्मी विकास बैंकले आफ्ना शाखाहरू सञ्चालनमा ल्याउदै बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको (COVID-19) बीमा गरेको हाे । बैंकले कोभिड – १९ बाट भविष्यमा आइ पर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउँदै १ वर्षको लागि प्रत्येक कर्मचारीको (COVID-19) बीमा गरिएको जनाएकाे छ ।

त्यस्तै, देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रूपमा पालना गर्दै संभव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरूलाई पनि बचाउन अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको