अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ३५७ जना पुगेकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेका ४६ पुरुष र एक जना महिला, मोरङमा एक पुरुष, गुल्मीका एक पुरुष तथा धुलिखेलमा गरिएको परीक्षणमा धुनषाका एक, रौतहटका एक, दाङका एक र धादिङका एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् ।
सबै संक्रमित १८ देखि ४६ वर्षका रहेका डा. देवकोटाले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस