Like us!
Follow us!
Connect us!
Watch us!

अतिक्रमित भूमी जसरी पनि फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

निशा हुमाँगाई

मंगलबार, ०६ जेठ २०७७, १४ : ०३ मा प्रकाशित

अतिक्रमित भूमी जसरी पनि फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

अर्थ संसार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्न नेपाल सफल हुने बताएका छन् ।

नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ राजनीतिक नक्सा तयार गरेसँगै यसले नेपालको मानचित्रमा परिवर्तन आएको उल्लेख गरेका छन् ।

उनले भने, “हामी सत्य र न्यायको पक्षमा छौँ । हामी भारतसँग कुरा गरेर हाम्रो कूटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ता गराउनेछौँ ।”

मन्त्रिपरिषद्को बैठकले पास गरेको नेपालको नयाँ नक्सालाई सरकारी छाप, निशान र पाठ्यक्रम आदिमा परिवर्तन हुने पनि उनले स्पष्ट गरेका छन् । प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तरको क्रम जारी रहेकाे छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको