फोटो : २३ औं वार्षिक साधारणसभाको ।
अर्थ संसार, काठमाडौं- देश अहिले कोराना भाइरसका कारण लकडाउनमा छ । यस्तो परिस्थितिको सामाना गर्दै निको इन्स्योरेन्स लिमिटेडले आफ्नो २४ औं वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले आज एक सूचना प्रकाशित गरी जेष्ठ २३ गते शुक्रबार कम्पनीको भवन, ज्ञानेश्वर, काठमाडौंमा २४ औं वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभा विहान ११ बजेदेखि शुरु हुनेछ ।
साधारणसभा सहभागि हुने शेयरधनीलाई यस्तो नियम
वार्षिक साधारणसभा सहभागि हुने शेयरधनीले विश्व भर माहामारीको रुपमा फैलिएको कोरोना भाइरबाट बच्नको लागि कम्पनीले नियमनहरु पालन आग्रह गरेको छ ।
साधारणसभा सहभागि हुने शेयरधनीले अनिवार्य माक्स तथा पन्जको प्रयोग गर्नु पर्नेछ । शेयरधनीबीच कम्तीमा १ मिटर दूरी कायम गरी राखिएको कुर्सीहरुमा आसन ग्रहण गर्नुपर्ने नियम रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस