Like us!
Follow us!
Connect us!
Watch us!

२४ करोड नाफा रहेकाे नेको इन्स्योरेन्सकाे कति छ चुक्ता पुँजी ?

निशा हुमाँगाई

बुधबार, ३१ बैशाख २०७७, १३ : १४ मा प्रकाशित

२४ करोड नाफा रहेकाे नेको इन्स्योरेन्सकाे कति छ चुक्ता पुँजी ?

अर्थ संसार काठमाडाैं -  नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा  २४ करोड १० रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ४.१७ प्रतिशतले थाेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले २५ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ९२ करोड ८८ लाख रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । गत वर्ष कम्पनीले ८५ करोड ७० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ३१ करोड रुपैयाँ, जगेडा कोषमा ४३ करोड १० लाख रुपैयाँ र बीमा कोषमा ५६ करोड १३ लाख रुपैयाँ रहेकाे छ । त्यसैगरी, कम्पनीकाे प्रतिशेयर आम्दानी २४ रुपैयाँ २४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ २१ पैसा रहेको छ ।

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ebba2cd3b6a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको