अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना भाइरसबाट संक्रमित थप ४ जना निको भएर घर फर्किएका छन् ।
काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत ४ जना बिरामी आज डिस्चार्ज भएका अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले जानकारी दिएका छन् । उक्त अस्पतालमा अब एक जना कोरोना संक्रमितको उपचार भइरहेको पनि भण्डारीले बताए ।
उनीहरूको लगातार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपश्चात डिस्चार्ज गरिएकाे हाे ।
त्यसैगरी, यो सँगै नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ४९ जना पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस