अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ४५३ जना पुगेकाे छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । जसमध्ये एक जना रूपन्देही र ८ जना झापाकाे रहेका छन् ।
संक्रमितमध्ये झापाकाे १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षको पुरूष र रुपन्देहीका २७ वर्षीय पुरुषहरू रहेका डा. देवकोटाले बताए ।
त्यस्तै, नेपालमा हालसम्म ४९ जना उपचारपछि निको भएका छन् भने संक्रमितमध्ये ३ जनाको निधन भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस