Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरिमा ६५ जनाको आरडिटी पोजेटिभ

निशा हुमाँगाई

शनिबार, १० जेठ २०७७, ०८ : ४८ मा प्रकाशित

चन्द्रागिरिमा ६५ जनाको आरडिटी पोजेटिभ

अर्थ संसार, काठमाडौं - चन्द्रागिरि नगरपालिकाका ६५ जना व्यक्तिमा आरडिटी  पाेजेटिभ देखिएकाे छ । आरडिटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टिनमा राखिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिएका छन् । 

विभिन्न जिल्लाबाट बन्दाबन्दीपछि चन्द्रागिरि प्रवेश गरेका व्यक्तिमा आरडिटी परीक्षण गर्दा उनीहरुमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको उनले बताए । 

चन्द्रागिरिले ५६ लाई मनमोहन अस्पताल दहचोक, चारलाई नैकाप पार्टी प्यालेस, तीनलाई मङ्गल माध्यामिक विद्यालय, एकलाई चन्द्रागिरि कटेज र एक जनालाई होम क्वारेन्टाइनमा राखेको छ । चन्द्रागिरी क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं ८ का अध्यक्ष सन्तोष खड्काको संयोजकत्वमा रहेको समितिले क्वारेन्टिनभित्रको खाना, स्वास्थ्य, शौचालय, फोहर व्यवस्थापनको काम गर्दै आएको छ ।

क्वारेन्टिनभित्रको सुरक्षाको जिम्मा भने नेपाल प्रहरी र नेपाली सेनाले लिँदै आएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ । चन्द्रागिरिमा आरडिटीको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको पिसीआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । चन्द्रागिरिले नगरप्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत १०६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको