Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंसहित एकैचाेटी थपिए ३२ जना कोरोना संक्रमित

निशा हुमाँगाई

शनिबार, १० जेठ २०७७, ०९ : १३ मा प्रकाशित

काठमाडौंसहित एकैचाेटी थपिए ३२ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ ।

याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ५४८ जना पुगेकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, चितवनमा  गरिएका परीक्षणमा थप ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । 

उनका अनुसार सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना पुरुष, कपिलवस्तुको वाणगंगा नगरपालिकाका सात जना पुरुष र एक महिला, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना पुरुष, काठमाडाैंका एक पुरुष, बारा करैयामाइ गाउँपालिकाकी एक महिला र चिवतन भरतपुर–६ का एक जना पुरुषहरूमा संक्रमण देखिएकाे हाे ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको