Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर फर्किए थप ९ संक्रमित

निशा हुमाँगाई

शनिबार, १० जेठ २०७७, १६ : १९ मा प्रकाशित

कोरोनालाई जितेर फर्किए थप ९ संक्रमित

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसबाट संक्रमित थप ९ जना निको भएर घर फर्किएका जानकारी दिएकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएका जानकारी दिएका छन् ।  

उनीहरूको पछिल्लो समय गरिएको कोरोना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपश्चात डिस्चार्ज गरिएकाे हाे । डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको