Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेसद्वारा कर्मचारीको कोरोना बीमा

निशा हुमाँगाई

आइतबार, ११ जेठ २०७७, १५ : ४७ मा प्रकाशित

सिटी एक्सप्रेसद्वारा कर्मचारीको कोरोना बीमा

अर्थ संसार, काठमाडौं – सिटी  एक्सप्रेस मनी ट्रान्सफरले हाल कार्यरत सम्पुर्ण कर्मचारीहरूको कोरोना बीमा गरेको छ ।

यस्तो विषम परिस्थितिमा विप्रेषण सेवा अत्यन्त जरूरी भएको र निरन्तर रूपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरूले निरन्तर रूपमा COVID 19 सम्बन्धी सुरक्षण विधी अपनाएर दैनिक कार्यमा खटिरहेका छन् । त्यसैलाई ध्यानमा राखेर सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना कर्मचारीको कोरोना बिमा गराएको हो ।

लकडाउनको समयमा प्रायः सबै कम्पनीका कर्मचारीहरूले घरमै बसेर आफ्नो कामहरू गरिरहेका छन् । तर, विप्रेषण सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्ने हुँदा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आवश्यक कर्मचारीहरू मार्फत कार्यालयबाट विप्रेषण सेवा प्रदान गरिरहेको छ ।

यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरूको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि यस्तो बीमा गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरूबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरू मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको