Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरू गर्यो कारोबार

निशा हुमाँगाई

आइतबार, ११ जेठ २०७७, १६ : १९ मा प्रकाशित

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरू गर्यो कारोबार

अर्थ संसार, काठमाडौं – इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरू गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरू गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो ।

मलेसियाको भ्याल्यु  कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरू गरिएकोे हो । मलेसियामा रहेका नेपालीहरूले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउन सक्नेछन् ।

इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक  वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको हो । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा सुरू गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको छ । साथै वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि नेपालीहरू एजेन्टसम्म धाउनुपर्ने बाध्यताबाट समेत मुक्ति मिलेको छ ।

आगामी दिनहरूमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरू गरिने कुरा कम्पनीको भनाई  रहेको छ । डिजिटल माध्यमबाट नै आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरूले काम गरिरहने कम्पनीको भनाई छ ।

त्यस्तै, इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रूपमा स्थापना गर्नु आफुहरूको उदेश्य रहेको कम्पनीको भनाई छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको