अर्थ संसार
लमजुङ (बेँसीसहर)– बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ ।
उक्त जलविद्युत् आयोजना विसं २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो । कुल रु छ अर्बको लागतमा निर्माण हुने सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ । प्रवद्र्धकको स्वामित्व पुँजी रु एक अर्ब ५० करोड रहेको छ ।
संस्थापक सेयरधनीको रु एक अर्ब १२ करोड ५० लाख लगानी रहने आयोजनाका प्रबन्धक उत्तम अमात्यले जानकारी दिनुभयो ।
सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात् रु २२ करोड ५० लाख र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत अर्थात् रु १५ करोड सेयर छुट्टयाइएको उहाँले बताउनुभयो ।
आयोजनामा १५/१५ मेगावाटको दुईवटा टर्बाइन रहनेछ । वार्षिक १७ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस