Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि

निशा हुमाँगाई

आइतबार, ११ जेठ २०७७, १६ : ५८ मा प्रकाशित

काठमाडौंमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं – काठमाडौंमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएकाे छ । आइतबार थपिएका १९ जनामध्ये एक जना काठमाडौंका संक्रमित रहेकाे खुलेकाे छ ।

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौं सोह्रखुटेका ६९ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । 

त्यसैगरी, हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी चिकित्सकको निगरानीमा रहेको पनि प्रवक्ता देवकोटाले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको