Like us!
Follow us!
Connect us!
Watch us!

सेती अस्पतालको आइसोलेसनमा एक व्यक्तिको मृत्यु

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, ०९ : ३३ मा प्रकाशित

सेती अस्पतालको आइसोलेसनमा एक व्यक्तिको मृत्यु

अर्थ संसार, काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा कैलालीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक व्यक्तिकाे मृत्यु भएकाे छ । 

मंगलबार मात्रै भारतबाट फर्केका कैलालीको गौरीगंगा नगरपालिका-९ का ५५ वर्षीय पुरुषको बिहान ६ बजे सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिएका छन् । उनकाे काेराेना परीक्षणकाे रिपाेर्ट भने आउन बाँकी छ ।

हिजाे (मंगलबार) दिउँसो उनलाई, गौरीफन्टा बर्डरभन्दा ५ सय मिटर भित्रबाट बेहोस अवस्थामा उद्धार गरी सेती प्रादेशीक अस्पतालको इमरजेन्सी वार्डमा पुर्‍याइएको थियो ।

त्यसैगरी, अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बैतडीका चार र अछामका दुई जना गरी छ जना संक्रमितको उपचार जारी रहेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको