Like us!
Follow us!
Connect us!
Watch us!

पाँच वर्षे बालकको एकल हवाई यात्रा

अर्थ संसार

बुधबार, १४ जेठ २०७७, ०८ : २५ मा प्रकाशित

पाँच वर्षे बालकको एकल हवाई यात्रा

अर्थ संसार, दिल्ली– भारतमा सोमबारदेखि सुरु भएको आन्तरिक उडान सुरु भए संगै विभिन्न गन्तब्य जाने यात्रुहरूको सङ्ख्या ५८ हजार ३१८ पुगेको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सोमबार देशका विभिन्न स्थानबाट कूल ८३२ उडान गरिएको थियो । सोमबारका उडानहरूमध्ये एउटा यस्तो उडान भएको छ जसमा एक पाँच वर्षका बालकले एकल हवाई यात्रा गरेका छन् । तीन महिनादेखि दिल्लीमा फसेका पाँच बर्षीय बालक बिहान शर्माका लागि सोमबार दिल्ली –बैंग्लोरको यात्रा आफ्नी आमासँग भेट गर्ने अनौठो संयोग बनेको हो ।

परिवारबाट टाढा रहेका शर्मा दिल्लीमा आफन्तकहाँ बस्दै आएका थिए । बैंग्लोरमा शर्माकी आमाले उनलाई रिसिभ गरेकी थिइन । सोमबार जब विहान बैंग्लोर एयरपोर्टमा पुग्दा उनकी आमा छोराको प्रतिक्षा गरि रहेकी आमा संग एएनआईले कुरा गर्दै छोरा दिल्लीबाट आएको जहाजमा एक्लै आएका विमानका कर्मचारीले आफुलाई बताएको जानकारी गराउनुभयो ।

एएनआईले एकल यात्रा गर्ने ती बालकको हातमा विशेष श्रेणीको कार्ड बोकेको तस्वीरलाई सार्वजनिक गरेको छ । बिहान शर्मा केही दिनको छुट्टीमा दिल्लीमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएका समय लकडाउन भएपछि उनी तीन महिनासम्म आफ्नो काखबाट टाढा रहेको उनकी आमाले बताउनुभयो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको