Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनालाई जितेर घर फर्किए थप २१ जना संक्रमित

निशा हुमाँगाई

बुधबार, १४ जेठ २०७७, १० : ५९ मा प्रकाशित

कोरोनालाई जितेर घर फर्किए थप २१ जना संक्रमित

अर्थ संसार, काठमाडौं - नेपालमा थप २१ जना संक्रमित कोरोना भाइरसबाट निको भएर घर फर्किएका छन् । याे सँगै नेपालमा काेराेना भाइरसबाट निको भएर घर फर्किनेको संख्या १७६ जना पुगेको छ । 

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका डिस्चार्ज भएका अस्पतालले जनाएको छ । उनीहरूको पछिल्लो समय गरिएको कोरोना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपश्चात डिस्चार्ज गरिएकाे हाे ।

डिस्चार्ज हुनेहरुमा १६ जना पुरुष र ५ जना महिला रहेका छन् । उनीहरू १५ महिनादेखि ७४ वर्ष उमेरसम्मका रहेका र गत वैशाख २७ गतेदेखि ३० गतेसम्म भर्ना भएका नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिएका छन् ।

त्यस्तै, डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको