Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोपावरले घटायाे नाफा

निशा हुमाँगाई

विहीबार, १५ जेठ २०७७, १२ : ०० मा प्रकाशित

चिलिमे हाइड्रोपावरले घटायाे नाफा

अर्थ संसार, काठमाडौं – चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले खुद नाफा ५२ करोड ५६ लाख  ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा  ३.३१ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ५४ करोड ३६ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, गत वर्ष यस अवधिसम्म ८० करोड ७५ लाख ५५ हजार रूपैयाँ विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्षकाे तेस्रो त्रैमाससम्म आइपुग्दा ८० करोड ३७ लाख १८ हजार रूपैयाँ मात्र आम्दानी गरेको छ । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ७ करोड २७ लाख १७ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी २ रुपैयाँ ९६ पैसाले घटेर १२ रुपैयाँ २७ पैसा (वार्षिक) र प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ३३ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5ecf590bef15e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको