Like us!
Follow us!
Connect us!
Watch us!

बजेट आज : यस्तो छ तयारी

निशा हुमाँगाई

विहीबार, १५ जेठ २०७७, १० : ३२ मा प्रकाशित

बजेट आज : यस्तो छ तयारी

अर्थ संसार, काठमाडौं - सरकारले नयाँ आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) आज प्रस्तुत गर्ने भएको छ । 

सरकारले कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानित बजेट आज सार्वजनिक गर्ने भएकाे हाे । नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेकाे हुनाले अर्थमन्त्री डा.युवराज खतिवडाले उच्च अंकको आर्थिक वृद्धिको लक्ष्यसहित आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।

कोरोना महामारीबाट मुलुकको अर्थतन्त्र संकटग्रस्त भएको अहिलेकाे विषम परिस्थितिमा कोरोना संक्रमणको असर अनिश्चित रहेको र त्यसले राजस्व संकलनमा समेत प्रभाव पार्ने भएकाले खतिवडालाई यसपटक बजेटको स्रोत जुटाउनै मुस्किल परेको छ । 

स्वास्थ्य र कृषिमा आगामी आर्थिक बर्षको बजेट वृद्धि गरिँदै छ । कोरोना महामारीलाई ध्यानमा राख्दै सरकारले स्वास्थ्य पूर्वाधारलाई भने राम्रै बजेट विनियोजन हुने अर्थस्रोत बताउँछ । रोजगारी सिर्जनामा समेत बजेट बिनियोजन गरिँदै छ । बजेटले रोजगारीको लागि स्थानीय तहबाट कार्यक्रम लैजाने योजना पनि बनाएको छ । विशेष गरेर विदेशबाट फर्किएकालाई उक्त बजेट मार्फत सम्बोधन गरिँदै छ । उद्योगीहरुले आफ्ना मागहरु सम्बोधन हुनैपर्ने दबाब दिएका छन् भने लगानीकर्ता तथा आम नागरिकमा समेत आगामी आर्थिक वर्षको बजेटप्रति ठूलै अपेक्षा रहेकाे छ ।  

बजेटले रोजगारी वृद्धि गर्ने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने छ । यस कार्यक्रममा बजेट बढाएर रोजगारीमा जोड दिन लागिएको अर्थ मन्त्रालय स्रोतले जनाएकाे छ । स्वरोजगार बढाउन कृषि, साना, घरेलु तथा मझौला उद्यमहरू र सेवा क्षेत्रमा संलग्न हुन प्रेरित गर्ने गरी बजेटमा नयाँ कार्यक्रम आउने संकेत अर्थमन्त्रीले नीति तथा कार्यक्रममार्फत दिइसकेका छन् । 

यसअघि खतिवडाले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँ बराबरकाे ल्याएका थिए भने चालू आर्थिक वर्षको लागि ल्याइएको दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको