अर्थ संसार
काठमाडौं– नेपाल राष्ट्र बैंकले (आज) आइतबारदेखि १५ अर्ब २६ बराबरको ट्रेजरी बिल निष्काशन गरेको छ । लगानी कहाँ गरौ भन्ने चिन्तामा हुनुहुन्छ भने धन्दा नमान्नुस लगानीको प्रशस्त अवसर आएको छ ।
त्यो मध्ये एउटा अवसर तपाईका लागि केन्द्रीय बैंकको नयाँ निष्काशन उपयुक्त अवसर हुन सक्छ । तर यो प्रणालीमा सहभागी हुन भने केही प्रक्रिया पूरा गर्नुपर्दछ ।
बैंकले सरकारका लागि ट्रेजरी बिल्स निष्कासन गर्न लागेको हो । कुल ९१ दिनका लागि रु ९ अर्ब, १८२ दिनका लागि रु ४ अर्ब ३० करोड र १ वर्षका लागि रु १ अर्ब ९६ करोड २५ लाख निष्कासन गर्ने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस