Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस र गाभापे बिच रेमिटान्स कारोबार सुरु

निशा हुमाँगाई

आइतबार, १८ जेठ २०७७, १५ : १४ मा प्रकाशित

सिटी एक्सप्रेस र गाभापे बिच रेमिटान्स कारोबार सुरु

अर्थ संसार, काठमाडौं –  संयुक्त अधिराज्य बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी ‘गाभापे’ लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ।

संयुक्त अधिराज्य मात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्स्बर्गस्थित उपभोक्ताहरुले गाभापेको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आवद्ध ७ हजार ५ सय भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेछ ।

यसैगरी, उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गाभापे लिमिटेडको तर्फबाट निर्देशक तथा शेयरधनी आर्खन नसिबोभले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, सिटी  एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया आदि थुप्रै देशहरू मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी  एक्सप्रेसका देशभर छरिएर रहेका ७५०० भन्दा  बढी भुक्तानी काउन्टरहरूबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आईरहेको छ ।
               

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको