Like us!
Follow us!
Connect us!
Watch us!

बागमती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा, कहिले हुन्छ सार्वजनिक ?

निशा हुमाँगाई

मंगलबार, २० जेठ २०७७, १४ : ३१ मा प्रकाशित

बागमती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा, कहिले हुन्छ सार्वजनिक ?

अर्थ संसार, काठमाडौं - बागमती प्रदेश सभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ ।

त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिएका छन् ।

त्यसैगरी, आगामी असार १ गते बागमती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको