अर्थ संसार, काठमाडौं - अब सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका बीमितहरूले आफ्नो विवरण आफै हेर्न सक्ने भएका छन् ।
ग्राहकवर्गहरूलाई सरल तथा सुलभ सेवा पुर्याउन र नवीनतम योजनाहरू ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा बीमितहरूले सहज रूपमा बिना कुनै झन्झट घर बसेरै सिटिजन लाइफ इन्स्योरेन्सको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा (User Portal) को शुभारम्भ गरेको हाे ।
सिटिजन लाइफको एप सजिलै प्ले स्टोर (Play Store) बाट डाउनलोड गर्न सकिन्छ । त्यहाँबाट लग इन (Log In) मा गएर पोलिसी होल्डर छनौट गरी आफ्नो पोलिसी नम्बर र पासवर्ड राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ । यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ । बीमा योजना खरिद गरिसकेपछि आफ्नो विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । साथ साथै सिटिजन लाइफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरूको बारे विस्तृत जानकारी, Agent Portal र कम्पनीको सबै शाखा कार्यालयहरूको विवरण पनि उपलब्ध छ ।
त्यस्तै, यसका साथै कम्पनीले ग्राहकहरूको सुविधालाई मध्य नजर गरी सदैव आधुनिक तथा नवीनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अहिलेको यस परिस्थितिमा, घरमै बसेर e-Sewa, Fonepay, Connect IPS लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने व्यवस्था गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस