Like us!
Follow us!
Connect us!
Watch us!

केएमसी अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

मंगलबार, २० जेठ २०७७, १६ : ४८ मा प्रकाशित

केएमसी अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सिनामंगलस्थित केएमसी अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षीय उमेरसम्मका तीन जना महिला र २८ वर्षीय एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

केएमसीका ४ जना स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण देखिएको पनि उनले बताए । 

त्यस्तै, केएमसीका ४ जना स्वास्थ्यकर्मीसहित मंगलबार २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको