अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसकाे संक्रमणबाट बुधबार दिउँसो टिचिङ अस्पतालमा दोलखाका ७६ वर्षीय एक जना पुरुषको मृत्यु भएको जानकारी दिएका हुन् ।
यसअघि पनि नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भइसकेकाे छ । सिन्धुपाल्चोक, गुल्मी, बारा, बाँके, ललितपुर,अर्घाखाँची, दैलेख र बाजुराका १–१ जना गरी ८ जनाको मृत्यु भएकाे हाे । हालसम्म नेपालमा संक्रमितकाे संख्या २३०० जना रहेकाे छ भने २७८ जना निकाे भएर घर फर्किएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस