Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेसले गर्याे आफ्ना अभिकर्ताहरूको कोरोना बीमा

निशा हुमाँगाई

विहीबार, २२ जेठ २०७७, १५ : ४५ मा प्रकाशित

सिटी एक्सप्रेसले गर्याे आफ्ना अभिकर्ताहरूको कोरोना बीमा

अर्थ संसार, काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड – १९ विरूद्द आफ्ना अभिकर्ताहरूको बीमा गराएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागी अभिकर्ताहरूको बीमा गराइएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिएको छ ।

सिटी एक्सप्रेसले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै यस लकडाउनको अवस्थामा पनि आफ्ना सेवाग्राहीहरूलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

त्यस्तै, सिटी  एक्सप्रेस मनी ट्रान्सफरले  रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया, युके, अमेरिका लगायत थुप्रै देशहरू मार्फत विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी  एक्सप्रेसका देशभर छरिएर रहेका ८००० भन्दा  बढी सेवा केन्द्रहरूबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको