Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट नेपालमा आईफ्लिक्स बन्द

अर्थ संसार

शनिबार, २४ जेठ २०७७, ०९ : २४ मा प्रकाशित

आजबाट नेपालमा आईफ्लिक्स बन्द

अर्थ संसार, काठमाडौं । एनसेलले आज (जेठ२४) बाट आफ्नो भिडियो सेवा अन्र्तगतको आईफ्लिक्स बन्द गर्ने घोषणा गरेको छ ।  सब्स्क्रिप्सनमा आधारित भिडियो स्ट्रिमिङ सेवा आईफ्लिक्सलाई एनसेलले नेपालमा प्रवर्द्धन गर्दै आएको थियो ।


कम्पनीले अचानक गरेको यो निर्णयले पर्नजाने असुविधा प्रति माफी माग्दै सूचना जारी गरेको छ । मलेशियामा आधारित आईफ्लिक्सले एसियाका विभिन्न १३ देशहरुमा सेवा संचालन गरिरहेको छ ।

आजियाटाका लगानी भएका देशहरुमा विशेषरुपमा सेवा उपलब्ध गराईरहेको आईफ्लिक्समा विभिन्न टेलिभिजन शो, सिरिज तथा फिल्महरु राखिएका थिए । आईफ्लिक्समार्फत सुरुमा डाटा किनेर र हाल पैसा तिरेर नेपाली फिल्म र विभिन्न टेलिभिजन सोहरुको सेवा लिन सकिन्थ्यो ।

 २०७४ सालदेखि नेपालमा उपलब्ध आईफ्लिक्सकाे सेवा रहेका सबै मुलुकमा गरेर २ करोडभन्दा बढी सक्रिय  प्रयोगकर्ता रहेको जनाइएको छ । अचानक सेवा बन्द गर्नुकाे कारण भने एनसेलले खुलाएकाे छैन् ।

Image may contain: text

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको