Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन खुकुलो हुँदै, आजबाट देशभरका मालपोत कार्यालय खुला

अर्थ संसार

आइतबार, २५ जेठ २०७७, ०६ : ३८ मा प्रकाशित

लकडाउन खुकुलो हुँदै, आजबाट देशभरका मालपोत कार्यालय खुला

अर्थ संसार काठमाडौं। सरकारले आज (आइतबार) बाट देशभरका सबै मालपोत कार्यालय खोल्ने भएको छ । कोरोना भाइरसको माहामारीका कारण लकडाउन शुरु भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा आउन लागेका हुन् ।

योसँगै देशमा लकडाउन खुकुलो हुने संकेत देखिएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन सरकारले निर्देशन दिएपछि आजबाट कार्यालयहरु खुल्ने भएको हो।

लकाउनका कारण बन्द भएपछि कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो । सरोकारवाला निकाय र सेवाग्राहीले सञ्चालन गर्न माग गरेसँगै कार्यालयहरु खुला गरिने भएको हो ।

आजबाट कार्यालय प्रमुखले अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य कर्मचारीलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ सेवा सञ्चालनमा ल्याउनु पर्ने विभागको निर्देशन छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको