Like us!
Follow us!
Connect us!
Watch us!

क्वारेन्टिनको रुपमा प्रयोग गर्ने  ४७ होटेल सार्वजनिक, हेर्नुहोस् सुची

अर्थ संसार

आइतबार, २५ जेठ २०७७, ०६ : ५५ मा प्रकाशित

क्वारेन्टिनको रुपमा प्रयोग गर्ने  ४७ होटेल सार्वजनिक, हेर्नुहोस् सुची

अर्थ संसार काठमाडौं । विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्न ४७ वटा होटेलहरु तयार पारिएको छ । सकारकाले ती होटलको सुची सार्वजनिक गरेको छ । 

सुचीमा एकतारेदेखि चारतारे होटेलहरु समेटिएका छन् । ३ चारतारे, ९ तीन तारे, २  दुईतारे , ५ एक तारे र चारतारे होटल सरह मुल्य तोकिएका २८ होटल रहेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् ।

विदेशबाट ल्याएर सरकारले क्वारेन्टाइनमा राख्ने भएको हो । यद्यपी होटल क्वारेन्टाइनको खर्च भने व्याक्ति आफैले तिर्नु पर्ने छ ।

हेर्नुहोस् होटलहरुको सूची:

https://drive.google.com/file/d/1dN0lK6C5sStNTeuJ6oyT1HWxB0JYcOfM/view 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको